रत्ननगरमा सिसी क्यामेरा जडान

person explore access_timeभदौ २८, २०७८ chat_bubble_outline0

पूर्वी चितवनको रत्ननगरको मुख्य सहरी क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ । रत्ननगर नगरपालिका, स्थानीय व्यवसायी र इलाका प्रहरी कार्यालय रत्ननगरको सक्रियतामा क्यामेरा जडान गरिएको हो । रत्ननगरको टिकौली चोकदेखि तरकारी चोकसम्मको पाँच किलोमिटर सडकमा २२ वटा सिसी क्यामेरा जडान गरिएको हो । रत्ननगर नगरपालिकाले १४ र अन्य व्यवसायीको सहयोगमा ८ सिसी क्यामेरा जडान गरिएको हो । भीडभाड हुने, दुर्घटना बढी हुने र आपराधिक क्रियाकलाप बढी हुने क्षेत्रमा क्यामेरा जडान गरिएको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए ।

रु २३ लाख ५० हजारको लागतमा जडान गरिएका ती क्यामेरा १२ स्थानमा राखिएको छ । क्यामेराको औपचारिक शुभारम्भ गर्नुहुँदै वनले नगर क्षेत्रभित्र हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहयोग पुगोस् भनेर सिसी क्यामेरा जडानमा सहयोग गरेको बताए ।

नगरपालिकाका उपप्रमुख बिमला दुवाडीले नगरमा शान्ति र अमन चयन कायम गर्न यसले सहयोग पुग्ने बताइन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सिसी क्यामेरा जडानसँगै मुख्य सहरी क्षेत्रमा हुने अपराध नियन्त्रणमा प्रहरीलाई सहज हुने बताए । उनले भने, “सिसी क्यामेराले मुख्य दोषी छुट्याउन सहज बन्ने छ ।”

जडान गरिएका सिसी क्यामेराको अनुगमन इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रण कक्षबाट हुन्छ । अधिकारीका अनुसार जिल्लाका सातै पालिकामा प्रहरीले सिसी क्यामेरा जडानका लागि आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गरेको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।