९७ वर्षकी बृद्धको अल्का अस्पतालमा हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफलतापूर्वक सम्पन्न

person explore access_timeभदौ २८, २०७८ chat_bubble_outline0

ललितपुर । अल्का अस्पतालमा ९७ वर्षिय बृद्धको हिमीआर्थोप्लाष्टिको शल्यक्रिया सफल रुपमा सम्पन्न भएको छ । 

ललितपुर खोकनाकी ९७ वर्षकी गणेशमाया शाहीको हिमीआर्थोप्लाष्टि अर्थात हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो। अस्पतालका चिकित्सक शिवचन्द्र अमात्यको टोलीले शाहीलाई हार्इ केयरमा राखेर हिमीआर्थोप्लाष्टिको शल्यक्रिया गरेको थियो।

चिकित्सक अमात्यले मुटु रोगीसमेत रहेकी ९७ वर्षको बृद्धको उच्च सावधानी अपनाएर शल्यक्रिया गरिएको र उक्त शल्यक्रिया सफल भएको बताए । उनले यो शल्यक्रिया दुर्लभ भएको पनि बताए । उनले सामान्यतया बृद्ध र मुटु रोगीहरुलाई यस्तो शल्यक्रियाको लागि सुझाव नदिने भएपनि शाहीले शल्यक्रिया सफल हुनु चिकित्सा क्षेत्रकै लागि सफलता भएको बताए । 

केही वर्ष अघि शाही लडेर हिपको जोर्नी भाँचिएको र अहिले हिपको जोर्नी फेरेपछि शाही अस्पतालबाट डिस्चार्ज भइसकेको पनि अस्पतालले जनाएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।