शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डिश मिडिया नेटवर्कले गर्नेछ ओमानमा हुने सीडब्लुसी लिग २ ट्री नेशन सिरिजको प्रत्यक्ष प्रशारण

सोमबार, २८ भदौ २०७८, १३ : ११
सोमबार, २८ भदौ २०७८

काठमाडौं । डिश मिडिया नेटवर्कले ओमानमा हुने सीडब्लुसी लिग २ ट्री नेशन सिरिजको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्क लिमिटेड बीच नेपाल र ओमानमा हुने एकदिवसीय अन्तराष्ट्रिय सीडब्लुसी लिग २ ट्री नेशन सिरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमति भएको छ ।

डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह बीच सम्झौतामा हस्ताक्षर भएको हो । 

उक्त सीडब्लुसी लिग २ ट्री नेशन सिरिजका ६ वटा खेलहरु भदौ २८ गते देखि असोज ४ गतेसम्म हुने छ । यो सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले एक्सन स्पोर्टस् एचडी वान र डिशहोम गो ओटीटी एप मार्फत प्रत्यक्ष प्रशारण हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप