शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रानाथारु भाषालाई सरकारी कामकाजको भाषामा नराखेको भन्दै विरोध

सोमबार, २८ भदौ २०७८, १५ : २४
सोमबार, २८ भदौ २०७८

रानाथारु भाषालाई कैलाली र कञ्चनपुरका राना समुदायले सरकारी कामकाजको भाषामा नराखेको भन्दै विरोध सुरु गरेको छ । सुदूरपश्चिम प्रदेश को कैलाली र कञ्चनपुरमा बस्ने राना थारु समुदायले आज कैलालीको धनगढीमा विरोधसभा गरेको हो । 

भाषा आयोगले तयार गरेको प्रतिवेदनमा राना थारु भाषालाई सरकारी कामकाजी भाषाका रूपमा स्थान नदिएपछि राना थारु समुदाय विरोधमा उत्रिएका हुन । विरोधसभालाई सम्बोधन गर्दै राना थारु समुदायकी नेतृ प्रेम मति रानाले कैलाली र कञ्चनपुरका राना समुदायले राना थारु भाषालाई सूचीकृत गरी सरकारी भाषाको कामकाजी भाषामा नराखिए आन्दोलनको आँधीबेहरी सिर्जन गर्ने बताइन् । 

त्यस्तै राना थारु समाजका अध्यक्ष कृपाराम राना ले सभालाई सम्बोधन गर्दै कैलाली र कञ्चनपुरमा राना थारु समुदायको ३ लाख जनसङ्ख्या भएको र यदि भाषा आयोग ले अविलम्ब प्रतिवेदन सच्याई आफ्नो समुदायलाई स्थान नदिए विरोध गरी रहने बताए । 

कैलालीका राना थारु समुदायले आज धनगढीको चौराह देखि जुलुस प्रदर्शन गर्दै पार्क मोडमा पुगेर पुगेर कोड सभामा परिणत भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप