संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवाद : अधिवक्ता अर्यालद्वारा पूरक निवेदन दर्ता
अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादमा आफूले दिएको रिटको सुनुवाइको माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् । अधिवक्ता अर्यालले सोमबार सर्वोच्च अदालतमा पुरक निवेदन दर्ता गराएका हुन् । अर्यालले आफुले दिएको रिटको सुनुवाइ तत्काल सञ्चालन गरी प्रारम्भिक सुनुवाइ बाटै निरन्तर सुनुवाइ गर्न आदेश माग गरेका हुन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशअनुसार विभिन्न संवैधानिक निकायमा गरेको नियुक्ति बदरको माग गर्दै अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए । अर्यालको रिटको सुनुवाइ न्यायाधीश हरि फुयालको एकल इजलासको आदेशपछि रोकिएको थियो । सो रिटका सम्बन्धमा संवैधानिक इजलासमा सुनुवाइ तोकिएको थियो ।
अध्यादेशअनुसारको संवैधानिक नियुक्तिमा प्रधानन्यायाधीशको पनि संलग्नता रहेको भनी इजलासमै प्रश्न उठेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२२ वर्षमा १ लाख १८ हजार किलोमिटर सडक निर्माण
-
हरित यातायात विकास गर्ने उद्देश्यले सरकारले ल्यायो राष्ट्रिय यातायात नीति, २०८१
-
विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते
-
बागमती गोल्डकप : हानामीलाई हराउँदै एपीएफ विजय
-
सिनेट नराखे त्रिवि पदाधिकारीलाई प्रवेश निषेध गर्ने चेतावनी
-
प्रधानमन्त्री ओली कीर्तिपुर अस्पतालमा, कस्तो छ पौडेल र आचार्यको अवस्था ?