शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेप्सेमा झिनो अंकको वृद्धि, सबैभन्दा बढी गुमाउनेमा कालिका पावर कम्पनी

सोमबार, २८ भदौ २०७८, १५ : ३३
सोमबार, २८ भदौ २०७८

सेयर बजार परिसूचक नेप्से झिनो अंकले वृद्धि भएर २९ सय ४७ विन्दुमा अड्डिएको छ । गत आइतबार एकै दिन अधिकतम ७१.४३ अंकले बढेर २९ सय ४७. ४२ विन्दुमा रोकिएको नेप्से थप सोमबार ०.२७ अंकले बढेर २९ सय ४७. ६९ विन्दुमा पुगेको हो ।

यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ०.५५ अंकले बढेर ५४८.८७ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ०.२७ अंकले बढेको बजारमा ९ अर्ब माथिको कारोबार भएको छ । कुल २२६ कम्पनीका १ करोड ५६ लाख कित्ता माथिको सेयर ९३ हजार भन्दा बढी पटक बजारमा किनबेच हुँदा ९ अर्ब २९ करोडको कारोबार भएको हो ।

यस दिन बैंकिङ, ट्रेडिङ, होटल तथा टुरिजम, डेभलपमेन्ट बैंक, फाइनान्स, नन्लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स समूहबाहेक अरु समूह तथा उप समूहहरु ऋणात्मक (नेगेटिभ) भएका छन् ।

यस दिन सबै भन्दा बढी अजोड इन्स्योरेन्सका लगानीकर्ताहरुले सबैभन्दा बढी (१० प्रतिशत) ले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा कालिका पावर कम्पनी रहेको छ । पावर कम्पनीका लगानीकर्ताहरूले आज ६.४७ प्रतिशतले गुमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप