बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एक विद्यालय एक नर्स कार्यक्रम थप दुई सय २२ विद्यालयमा सञ्चालन हुँदै

सोमबार, २८ भदौ २०७८, १६ : ५८
सोमबार, २८ भदौ २०७८

 सरकारले ‘एक विद्यालय एक नर्स कार्यक्रम’  थप  दुई सय २२ विद्यालयमा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार पाँच प्रदेशमा चालु आर्थिक वर्ष भित्र एक विद्यालय एक नर्स कार्यक्रम सुरु हुने भएको हो ।
यो पटक प्रदेश १ र बाग्मती प्रदेश बाहेक ५ प्रदेशमा एक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालन गरिने भएको हो । विद्यालय जाने उमेरका बालबालिकाहरूमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन सक्ने भएकाले रोग पहिचानका लागि सरकारले नर्स खटाउन लागेको हो ।

सरकारले विद्यालयमा बालबालिका, किशोर किशोरीलाई पोसिलो आहार, मानसिक, शारीरिक स्वास्थ्यको रेखदेखका लागि ‘एक विद्यालय एक नर्स कार्यक्रम’ कार्यक्रम अघि बढाएको विभागको भनाइ छ । सरकारले एक विद्यालय, एक नर्स कार्यक्रम संचालनका लागि नर्सको मासिक पारिश्रमिक २८ हजार २ सय रुपैयाँ तोकेको छ । 

एक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालन हुने विद्यालयहरूको सूचीः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप