शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत

सोमबार, २८ भदौ २०७८, १८ : ४१
सोमबार, २८ भदौ २०७८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८.५% आरबीबीएल डिबेन्चर २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा कारोवार हुन सक्ने गरी सोमबार सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।  

उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेपाल स्टक एक्सचेन्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँलले हस्ताक्षर गरेका हुन् ।

बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदरको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गत जेठ २८ गते देखि असार ८ गतेसम्म बिक्री गरेको थियो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिने बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप