बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा थप ४२ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

सोमबार, २८ भदौ २०७८, २० : ३४
सोमबार, २८ भदौ २०७८

कर्णाली प्रदेशमा सोमबार थप ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ भने १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  ९५ जनामा गरिएको आरटी–पीसिआर विधिबाट भएको कोरोना परीक्षणका क्रममा ३४ र ११० जनामा गरिएको एन्टिजेन विधिको परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

सोमबार कोरोना संक्रमण देखिनेमा सबैभन्दा बढी जुम्लाका २० जना रहेका छन् । यस्तै सुर्खेतमा १५, कालिकोटमा १, रुकुम पश्चिममा १, डोल्पामा १, दैलेखमा २ जना रहेका छन् ।  कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्ति पनि जुम्ला जिल्लाकै रहेको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ । 

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६४ जना पुगेको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या घटेर ४४१ मा झरेको छ । सोमबार ४९ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप