बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘तिम्री सुन्दर श्रीमती देखेर जलन हुन्छ’ भन्दा अभिषेकले दिए यस्तो जवाफ

मङ्गलबार, २९ भदौ २०७८, ०६ : ४३
मङ्गलबार, २९ भदौ २०७८

ऐश्वर्या राय र अभिषेक बच्चन १४ वर्षदेखि निकै सुन्दर वैवाहिक जीवन बिताइरहेका छन् । यी दुई एक छोरी आराध्याका अभिभावक हुन् । हुन त ऐश्वर्या र अभिषेक बच्चनले थुप्रै फिल्ममा काम गरेका छन् तर ‘गुरु’ बाहेक यी दुईका फिल्मले खासै कमाल गर्न सकेनन् । यसैकारण थुप्रै पटक अभिषेक बच्चनलाई उनको अभिनयका लागि पनि ट्रोल गरिन्छ । केही महिनाअघि अभिषेकको फिल्म ‘द बिग बुल’ आएको थियो । यसको ट्रेलर लञ्चमा एक व्यक्तिले अभिषेक बच्चनकी श्रीमती ऐश्वर्या रायको विषयमा केही निजी कमेन्ट गरेका थिए जसमा अभिषेकले जवाफ फर्काएका थिए । 

वास्तवमा द बिग बुलको ट्रेलरमा कमेन्ट गर्दै एक व्यक्तिले लेखे, ‘तिमी कुनै पनि काममा राम्रो छैनौ साथी । तिम्रो एकमात्रै चिज छ, जसमा मलाई जलन हुन्छ र त्यो हो तिम्री सुन्दर श्रीमती । हुन त तिमी यसको पनि लायक थिएनौ ।’

यी व्यक्तिको कमेन्ट देखेर अभिषेक बच्चन असाध्यै रिसाए । उनले पनि आफ्नै शैलीमा उनलाई जवाफ फर्काए । 

अभिषेक बच्चनले जवाफमा लेखेका थिए – तर म यो थाहा पाउन आतुर छु कि तपाईंले कसको बारे कुरा गरिरहनु भएको छ ? किनभने तपाईंले त धेरैलाई नै ट्याग गर्नुभएको छ । मलाई इलियाना डिक्रुज र निक्कीको विवाह भई नसकेको बारे त थाहा छ । त्यसैले म, अजय कुकी र सोहम बाँकी भयौँ । डिज्नी प्लसको वैवाहिक स्थितिबारे पनि चेक गर्नुपर्छ जस्तो लाग्यो ।’

यसअघि अभिषेक बच्चन आफ्ना पिता अमिताभ बच्चनसँग तुलना गरिएकोमा र अभिनयको विषयमा पनि ट्रोल भइसकेका छन् । केही महिना अघि एक सोसल मिडिया प्रयोगकर्ताले अभिषेकजस्तै देखिने एक किसानको फोटो सेयर गरेर अभिषेक ‘बच्चन’ भएकोमा प्रश्न उठाएका थिए । उनले फोटोको क्याप्सनमा लेखेका थिए – यदि अभिषेक बच्चन नभइदिएका भए...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप