बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनमत पार्टीको विस्तारित बैठक बस्दै

मङ्गलबार, २९ भदौ २०७८, ०७ : ००
मङ्गलबार, २९ भदौ २०७८

सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि बस्न लागेको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बस्न लागेको बैठकमा संगठन विस्तार, अगामी चुनाव, पार्टीको अगामी कार्यदिशा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए । 

बैठकमा सहभागीका लागि केन्द्रीय सदस्यलगायत पार्टी मातहतका संगठनका प्रतिनिधिहरू आउने क्रम जारी रहेको उनको भनाइ छ । केन्द्रीय समितिको विस्तारित बैठक बेलुका बस्नेछ, त्यसअघि पार्टीको कार्यकारिणी समितिको बैठक बसिरहेको छ’, उनले बताए ।

विस्तारित बैठकमा हुने छलफलको एजेण्डा कार्यकारिणी समितिको बैठकले तय गर्नेछ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी चुनावको मिति घोषणा गरेपछि पार्टीका अध्यक्ष सिके राउत चुनावको तयारीमा जुटिसकेका थिए । प्रदेश, जिल्ला तथा स्थानीय तहलगायतका चुनाव सम्बन्धी विभिन्न गतिविधिहरु सुरु गरिएको थियो । जब काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए अनि जनमत पार्टीको चुनाव सम्बन्धी अभियान तथा गतिविधिहरु सेलाएको छ ।

चुनाव हुने अवस्था देखिएपछि पार्टीलाई पुनः त्यसमा केन्द्रीत गरिने सिंहले बताए । जनमत पार्टीले चैतमा महाधिवेशन सम्पन्न गरेपछि निरन्तर संगठन सुदृढीकरणमा लागेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप