बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

'खुसीको पोको'ले ल्याएको मुस्कान, तस्बिरहरु हेर्नुहाेस्

मङ्गलबार, २९ भदौ २०७८, १२ : ४७
मङ्गलबार, २९ भदौ २०७८

सीतापाइला प्राविधिक विद्यालयको एउटा हल । ससाना विद्यार्थीहरू विभिन्न भेषभूषामा सजिएर, हातमा बेलुन लिएर बसेका थिए । उद्घोषकले बिस्तारै सबैको नाम बोलाउँदै स्टेजमा बोलाउँथे अनि प्रमुख अतिथिहरूले हरेक विद्यार्थीको हातमा एउटा हरियो झोला थमाउँथे । 

अनि छेवैमा राखिएको कार्टुनबाट मुठ्ठी भर चकलेट पाउँदा विद्यार्थीहरूको खुसीको सीमा नै थिएन । उनीहरू सकिनसकि आधा दर्जन कपी, १ दर्जन सीसा कलम, दाँत माझ्ने ब्रस, दन्तमन्झन, तौलिया र साबुन भएको झोला बोकेर निस्किरहेका थिए । सँगै रहेका शिक्षक–शिक्षिकाहरुले उनीहरुलाई सघाइरहेका थिए ।

“सरहरूले दिनुभएको यो झोला साह्रै गह्रुँगो रैछ तर यसमा हामीलाई चाहिने सबै कुरा छ । म यो घरमा लगेर आमालाई दिन्छु । उहाँले मलाई चाहिएको बेला निकालेर दिनुहुन्छ । नयाँ कपी अनि कलम पनि छ मलाई त साह्रै रमाइलो लागेको छ,” सात वर्षकी मनिता तामाङले रातोपाटीलाई भनिन् ।

नेपाल शिक्षक सङ्घ नागार्जुन शाखाले बाल दिवसको अवसरमा नगरपालिकामा रहेका १८ वटा विद्यालयका सहभागी विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग गरेको थियो ।

तस्बिरहरु हेर्नुहाेस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप