शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दीपक दीपासँगै मिलेर फिल्म बनाउँदै रोहित

मङ्गलबार, २९ भदौ २०७८, १२ : ५६
मङ्गलबार, २९ भदौ २०७८

दीपकराज गिरी र दीपाश्री निरौलाको समूहसँग मिलेर पछिल्लो समय ‘छ माया छपक्कै’ निर्माण गरेका निर्माता रोहित अधिकारी नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनले दीपक दीपासँगको सहकार्यमै नयाँ फिल्म निर्माण तयारी गरेका हुन् ।

आफ्नै कथामा उनले बनाउने तयारी गरेको फिल्मको स्क्रिप्ट लेखन कार्य भइरहेको छ । स्क्रिप्टले राम्रो भए दशैं र तिहारको बीचमा फिल्म छायांकनका लागि निस्कने रोहितले बताए ।

निर्देशक दीपेन्द्र लामा लिएर ‘छ माया छपक्कै’ बनाएका रोहितले नयाँ फिल्ममा निर्देशक भने फेरिनेछन् । एक नाम चलेकै निर्देशक लिएर अवको फिल्म बनाउन लागेको बताएका रोहितले फिल्मको लेखन समेत उनले गरिरहेको जानकारी दिए । निर्देशक र फिल्म युनिटको नाम एक औपचारिक कार्यक्रम सहित घोषणा गर्न लागिएकाले निर्देशकको नाम अहिले गोप्य राखिएको उनका भनाइ छ ।

लकडाउन अगाडि देखिनै नयाँ फिल्मका लागि दीपक दीपासँग लगातार छलफल गरेका रोहितको कथा दीपकले पनि मन पराएका छन् । ‘दीपक दाईले कथा मन पराउनु भएको छ’ रोहितले भने ‘स्क्रिप्टको पखाईमा छौं । स्क्रिप्ट मनपर्यो भने तुरुन्तै छायाँकनमा जान्छौ ।’

थुपै्र चलेका कलाकार रहने बताइएको फिलममा दीपक दीपाको पनि मुख्य भूमिका रहने छ ।

अनमोल केसी अभिनीत फिल्म ‘गाजलु’बाट निर्माणमा होमिएका रोहितले दोस्रो फिल्म ‘द ब्रेक अप’ प्रदर्शन पछि दीपक दीपासँग ‘छ माया छपक्कै’का लागि सहकार्य गरेका थिए । दीपक दीपाले निर्माण गर्न लागेको नयाँ बानेश्वरको चलचित्र हलमा भने उनको सहकार्य रहे–नरहेको केही बताइएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप