शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोदी अर्को हप्ता अमेरिका जाने

मङ्गलबार, २९ भदौ २०७८, १६ : ००
मङ्गलबार, २९ भदौ २०७८

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै अन्य विभिन्न प्रभावशाली मुलुकका नेताहरुसँग पनि भेटवार्ता गर्ने छन् ।

क्वाद सम्मेलनमा सहभागी हुन मोदीसँगै अन्य विभिन्न देशका नेताहरु पनि अमेरिका जानुहुने र त्यही बेलामा उनीहरुका बीचमा भेटवार्ता हुने भएको हो ।  सम्मेलनका लागि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानका प्रधानमन्त्री योशिहिडे सुगा पनि अमेरिका जाने जनाइएको छ । 

अमेरिकाको वासिङ्टन डिसीमा हुने सम्मेलनका लागि आएका विदेशी पाहुनाहरुलाई अमेरिकी राष्ट्रपति बाइडेनले स्वागत गर्नुहुने तालिका सार्वजनिक गरिएको छ । यही सेप्टेम्बर २४ तारिखका दिन हुने सम्मेलनमा नेताहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा आफ्नो देशको चासो दर्शाउने जनाइएको छ ।
  
त्यसैगरी गत मार्च १२ मा भएको पहिलो भर्चुअल सम्मेलनका निर्णयहरुको कार्यान्वयनको अवस्थाका बारेमा समिक्षा पनि बैठकमा हुने जनाइएको छ । विश्वलाई नै प्रभावित पारेको कोरोनाभाइरसको महामारी, त्यसले पारेको प्रभाव र त्यसका लागि आफूहरुले गर्नुपर्ने योगदानका बारेमा पनि छलफल हुने समाचारमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप