शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लर्न इन्फिनिटिका कोर्सहरू निमा एकेडेमीमा उपलब्ध, ज्ञान वर्धकका साथै विद्यार्थीलाई शान्त हुन सिकाउने

मङ्गलबार, २९ भदौ २०७८, १६ : ५९
मङ्गलबार, २९ भदौ २०७८

काठमाडौं । निमा एकेडेमीले लर्न इन्फिनिटिका कोर्षहरु उपलब्ध गराएको छ । निमा र लर्न इन्फिनिटि​ बीच भएको समझदारी अनुसार इन्फिनिटि​का ३ वटा कोर्सहरू निमा एकेडेमीको एप र वेबसाइटमा उपलब्ध भएको हो ।

लर्न इन्फिनिटि​का ३ कोर्सहरु ११ वर्ष वा सो भन्दा माथिको उमेर समूहका लागि उपयुक्त मानिएको छ । लर्न इन्फिनिटि​ले वास्तविक जीवनमा उपयोगी कला तथा कौशल र व्यक्तिगत विकासका शैक्षिक सामग्रीहरु निर्माण गर्दै आइरहेकाले आफ्नो एपमा राखेको निमाले जनाएको छ ।

लर्न इन्फिनिटि​को कला, कौशल र रचनात्मकता, स्वस्थ्य, पोषण, सम्बन्ध, बालापन, किशोरावस्था, अविभावकत्व, मन, आत्मा अनि क्यारियर र उत्पादकत्व आदि विषयमा आधारित शैक्षिक सामग्रीहरूद्वारा समग्र व्यक्तिगत विकास हुने विश्वास लिएको निमाले जनाएको छ । 

निमा एकेडेमीले पहिलो चरणमा उपलब्ध गराएको कोर्सहरू 
–पब्लिक स्पिकिङ कोर्सः

यस कोर्सले विद्यार्थीहरुलाई एक शसक्त वक्ता बन्न सक्षम बनाउनेछ । सार्वजनिक स्थानमा निर्धक्क साथ बोल्दा के के समस्या आउँछन् त्यो समस्याको समाधान यस कोर्समा पाइन्छ ।

–२८ डेज ह्याप्पिनेस कोर्सः
यस खुशी सम्बन्धी कोर्सले विद्यार्थीहरुलाई खुशी हुन सिकाउँछ । सबैलाई उचित स्थानमा राखेर कहिले र कसरी प्राथमिकता दिने भन्ने ज्ञान दिन्छ । यस कोर्सले विद्यार्थीहरुलाई शान्त हुन सिकाउनेछ ।

–कम्युनिकेसन मास्टर क्लास कोर्सः
यो एक संचार सम्बन्धि कोर्स हो । यसले स्कुल, कलेज, व्यापार र समग्र जीवनमा नै उपयोगी कला–कौशल सिकाउँछ । 
 विद्यार्थीहरुको संचार कुशलतालाई अझै राम्रो बनाउन मद्दत गर्ने विश्वास गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप