शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशका  बिना विभागीय दुई मन्त्रीले पाए जिम्मेवारी

मङ्गलबार, २९ भदौ २०७८, १८ : ५८
मङ्गलबार, २९ भदौ २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले आज जनता समाजवादी पार्टीका दुई विना विभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

 मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगा मगरले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन् । 

मन्त्री ढेंगामगरले आज मुख्यमन्त्री कार्यालयबाट मन्त्रालयको जिम्मेवारी दिएको जानकारी आएको र  भोलि पदभार हुने बताइन् । 

साउन २८ गते नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त हुँदा त्यसै दिन नेपाली कांग्रेस र माओवादी केन्द्रका एक–एक जना, जसपाका तीनजना र स्वतन्त्र सांसद अजय शाही मन्त्री नियुक्त भएका थिए । यसअघि नै मुख्यमन्त्री केसीले शाहीलाई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप