शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको विधान पारित, श्रेष्ठको नेतृत्वमा आयोग गठन

मङ्गलबार, २९ भदौ २०७८, १९ : ३६
मङ्गलबार, २९ भदौ २०७८

नेकपा (माओवादी) केन्द्रले पार्टीको विधान पारित गरेको छ । मंगलबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले विधान पारित गरेको हो ।
पारित विधान केन्द्रीय समिति बैठक वा राष्ट्रिय सम्मेलनबाट अनुमोदन हुने माओवादीले जनाएको छ । 

त्यस्तै, मंगलबारको बैठकले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोग पनि गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय आयोग बनाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकले पार्टीको स्थानीयदेखि केन्द्रसम्म निर्वाचन गराउन नियमावली र निर्देशिका बनाउने जिम्मा सोही आयोगलाई दिएको छ । पार्टीको विधान परिमार्जन गरेर पेश गर्नेगरि पारित गरेको महराले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप