शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मध्यक्रम नचल्दा १ सय ९६ रनमा खुम्चियो नेपाल

मङ्गलबार, २९ भदौ २०७८, २१ : ००
मङ्गलबार, २९ भदौ २०७८

आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ को त्रिकोणान्तमक शृङ्खला अन्तरगतको दोस्रो खेलमा नेपालले ओमान सामु जीतका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९६ रन बनाएको हो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९० रन बनाए । ११२ बलमा उनले ७ चौका र १ छक्का हिर्काए । त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा रोहित पौडेलले २० रनको योगदान दिए । तर, नेपालको मध्यक्रम टिक्न नसक्दा नेपाल ठूलो योगफल बनाउनबाट चुक्यो ।

खेलको अन्त्यतिर करण केसीले २१ तथा सन्दीप लामिछानेले १६ रन बनाउँदै बनाउँदै नेपालको स्कोर सम्मानजनक बनाए । ओमानका लागि विलाल खानले ४ तथा नेस्टर धाम्बाले २ विकेट लिए ।

पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप