बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा आमसञ्चार विधेयक पेस : ऐन विपरीत समाचार प्रकाशन गरे एक वर्षसम्म कैद (पूर्ण पाठसहित )

मङ्गलबार, २९ भदौ २०७८, २१ : १२
मङ्गलबार, २९ भदौ २०७८

पोखरा । गण्डकी प्रदेशमा आम सञ्चार विधेयक पेस भएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षको विवादका कारण दुई महिनापछि चलेको प्रदेशसभामा कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले उक्त विधेयक पेस गरेका हुन । 

विधेयक पेस भएसँगै आमसञ्चार सम्बन्धमा बनेको विधेयक माथि विचार गरियोस् भनी गरिएको छलफल पश्चात् आएका सुझावलाई मनन गर्दै विधेयक तयार गरिने मन्त्री थापाले बताए । विधेयक दफावार छलफलका लागि विधायन समितिमा गएको छ । संशोधनका लागि ७२ घण्टाको समय तोकिएको छ । सो समय अवधि भित्र आवश्यक सुझाव सङ्कलन गरि संशोधन गरिने मन्त्री थापाले बताए । 

उनले आम सञ्चार विधेयक मिडिया मैत्री हुने बताए । प्रदेशका पत्रकारको हितमा हुने गरि प्रेस रजिस्ट्रारको स्थापना गरिने र यस सम्बन्धमा आएका सकारात्मक सुझावलाई अनुसरण गरिने भनाई उनको छ । 

प्रस्तुत विधेयकमा ऐन विपरीत समाचार प्रकाशन तथा प्रसारण गरेमा १० हजार रुपैयाँ जरिवाना वा एक वर्ष कैद र दुवै सजाय हुने उल्लेख गरिएको छ । त्यस्तै विधेयकमा कसैले इजाजत पत्र नलिई कार्यक्रम उत्पादन, वितरण तथा डाउनलिंक गरेमा त्यस्तो व्यक्तिलाई इजाजत पत्र दस्तुरबापत लाग्ने दस्तुर बराबरको रकम असुल गरी सो बराबरको रकम जरिवाना हुने उल्लेख गरिएको छ । 

आमसञ्चार विधेयकको दफा ४५ अनुसार कार्य नगरेमा अवस्थाको कसुरको अवस्था हेरी कारबाही गर्ने अधिकार मन्त्रालयका सचिवलाई दिइएको छ । 

प्रेस रजिष्ट्रारले गर्ने कार्य मन्त्रालयका सचिवलाई तोकिएको भन्दै प्रमुख प्रतिपक्ष एमालेका प्रदेशसभा सदस्य धनञ्जय दवाडीले त्यसलाई सच्याएर प्रेस रजिष्ट्रार राख्नुपर्ने बताए । उनले प्रेसलाई सचिवले कारबाही गर्ने कानुन बनाउने बनाउने भए प्रेस रजिष्ट्रार को औचित्य नहुने तर्क गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप