बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लहानबाट अस्थायी चालक अनुमति पत्र वितरण सुरु

मङ्गलबार, २९ भदौ २०७८, २१ : ३६
मङ्गलबार, २९ भदौ २०७८

सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालय लहानले आजबाट अस्थायी सवारी चालक अनुमति पत्र वितरण शुरु गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलन गरी अस्थायी सवारी चालक अनुमति पत्र वितरण गरेको हो ।

सवारी ट्रायल परीक्षा उत्तीर्ण गरेपछि सेवाग्राहीहरूले स्मार्ट लाइसेन्स कार्डको लागि एक वर्ष बित्दा पनि कुर्नुपर्ने झन्झट अब अन्त्य भएको कार्यालयले बताएको छ । अव त्यस अवधिसम्म यातायात कार्यालय दिएको चिट बोकेर सवारी साधनहरू चलाउनु पर्ने बाध्यताको अन्त्य भएको यातायात कार्यालय लहानका निमित्त प्रमुख मीन भट्टराईले जानकारी दिए ।

ट्रायल परीक्षा उत्तीर्ण भएका सेवा ग्राहीहरूलाई एक हप्ता भित्र क्युआर कोडसहितको अस्थायी चालक अनुमति पत्र कार्यालयले प्रदान गर्ने निमित्त प्रमुख भट्टराईले बताए । उनले अव कसैले पनि चिट बोकेर सवारी साधन चलाउनु नपर्ने बताए । देशभरिका यातायात कार्यालयको ३२ शाखामध्ये काठमाडौँ ,जनकपुर , महोत्तरीको बर्दिबास र सिरहाको लहानबाटमात्र अस्थायी चालक अनुमति पत्र वितरण हुन थालेको यातायात कार्यालय लहानका नायव सुब्बा विजय दाहालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप