शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनाको पोष्टमा बायर्नको तीन गोल

बुधबार, ३० भदौ २०७८, ०६ : ४३
बुधबार, ३० भदौ २०७८

 

थोमस मुलर र रोबर्ट लेवान्डोस्कीको गोलको मद्दतले बायर्न म्युनिखले बार्सिलोनालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । समूह ई अन्तरगत दुई हेभिवेटबीचको खेलमा जर्मन क्लब ३–० ले विजयी भएको हो ।

खेलमा नियन्त्रण बनाएको बायर्नले खेलको ३४ औँ मिनेटमा मुलरको गोलको मद्दतले अग्रता लियो । बार्सिलोनाविरुद्ध उनको यो सातौँ गोल थियो । प्रतियोगितामा बार्सिलोनाविरुद्ध उनले सबैभन्दा धेरै गोल गरेका छन् । 

दोस्रो हाफमा लेवान्डोस्कीले दुई गोल थप्दै बायर्नलाई सहज जीत दिलाए । च्याम्पियन्स लिगमा उनको ७५ गोल पुगिसकेको छ ।

उता स्टार खेलाडी लियोनेल मेस्सीले क्लब छाडेपछि पहिलो खेल खेलिरहेको बार्सिलोनाले विपक्षीको पोष्टमा एक पनि आक्रमण गर्न सकेन । काटालान टोलीले आफ्नो इतिहासमा पहिलोपटक युरोपियन प्रतियोगितामा लगातार तीनवटा खेल हारेको छ ।

उता, समूह एचमा रहेको युभेन्टसले माल्मोलाई ३–० गोलले हरायो भने चेल्सीले जेनिथ सेन्ट पिटर्सबर्गमाथि १–० जीत हासिल गर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप