बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तालिबानको अन्तरिम सरकारमा फुट, सह–संस्थापक मुल्ला गनी बरादरले काबुल छोडेको दाबी

बुधबार, ३० भदौ २०७८, १० : ०८
बुधबार, ३० भदौ २०७८

तालिबानको अन्तरिम सरकारमा फुट निम्तिएको छ । तालिबानका वरिष्ठ अधिकारीले सो कुरा बीबीसीलाई जानकारी दिएका छन् ।

राष्ट्रपति भवनमा तालिबानका सह–संस्थापक मुल्ला गनी बरादरको समूह र मन्त्रीमण्डलका सदस्यबीच विवाद भएको उनले जानकारी दिए ।

पछिल्ला केही दिनदेखि मुल्ला बरादर सार्वजनिक रुपमा देखिएका छै्रनन् । त्यसपछि नै तालिबानमा नेतृत्वको विषयमा असहमति सतहमा आएको अनुमान लगाइँदै थियो ।

यद्यपि, यो खबरलाई तालिबानले आधिकारिक रुपमा अस्वीकार गरेको छ ।

तालिबानले अघिल्लो महिना अफगानिस्तानमा कब्जा जमाएको थियो र अफगानिस्तानलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक इमिरेट्स बनेको घोषणा गरेको थियो । तालिबानले ७ सेप्टेम्बरमा नयाँ मन्त्रीमण्डलको घोषणा गरेको थियो जसमा सबै पुरुष छन् र पछिल्लो दुई दशकमा अमेरिकी बलमाथि हमलाका लागि कुख्यातहरु शीर्ष स्थानमा छन् ।

तालिबानको एक स्रोतले बीबीसी पश्तोसँग बरादर र खलिल उर–रहमानबीच आपसी विवाद भएको जानकारी दिएको छ । उनका अनुसार विवादपछि दुई नेताका समर्थक आपसमा भिडे । खलिल उर–रहमान आतंकवादी संगठन हक्कानी नेटवर्कका नेता र तालिबानको सरकारमा शरणार्थी मन्त्री हुन् ।

मुल्ला मोहम्मद हसन अखुन्दलाई तालिबानले अन्तरिम प्रधानमन्त्री बनाइएको छ । 

विवाद किन ?

कतारस्थित तालिबानका एक वरिष्ठ सदस्य र एक व्यक्ति (जो यो विवादमा समावेश थिए), ले अघिल्लो हप्ता विवाद भएको पुष्टि गरेका छन् । स्रोतका अनुसार विवाद यसकारण सुरु भयो किनभने बरादर, जसलाई अन्तरिम सरकारमा उप–प्रधानमन्त्री बनाइएको छ, उनी सरकारको संरचनासँग खुसी छैनन् । अफगानिस्तानमा जीतको श्रेयको विषयमा पनि तालिबानका नेता आपसमा उल्झिरहेका छन् ।

रिपोर्टका अनुसार बरादरलाई लाग्छ कि उनको कूटनीतिका कारण तालिबानले अफगानिस्तानमा सत्ता पाएका हुन् जबकी हक्कानी नेटवर्कका सदस्य र समर्थकलाई लाग्छ कि अफगानिस्तानमा जीत लडाईंका कारण पाइएको हो । हक्कानी नेटवर्कको कमान तालिबानको एक शीर्ष नेतासँग छ ।

बरादर तालिबानका पहिलो नेता हुन् जसले सन् २०२० मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग प्रत्यक्ष फोनवार्ता गरेका थिए । यसअघि उनले तालिबानको तर्फबाट दोहा सम्झौतामा अमेरिकी सैनिकको फिर्तीको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

अर्कोतर्फ शक्तिशाली हक्कानी नेटवर्क हो जुन हालका वर्षमा अफगानिस्तानमा पश्चिमी बलमा सबैभन्दा हिंस्रक हमलामा संलग्न रह्यो । अमेरिकाले यसलाई आतंकवादी संगठन घोषणा गरेको छ । यसका नेता सिराजुद्दीन हक्कानी तालिबानको नयाँ सरकारमा गृहमन्त्री हुन् ।

अफवाहको बजार अघिल्लो हप्ता त्यतिबेला तात्तियो जब तालिबानको सबैभन्दा महत्वपूर्ण व्यक्ति मानिने बरादर सार्वजनिक रुपमा देखिन छोडे । सोसल मिडियामा उनको मृत्युको खबर आउन थाले ।

बरादर कहाँ छन् ?

बीबीसीसँग तालिबानको स्रोतले बताए अनुसार विवादका कारण बरादर काबुल छोडेर कंधार गएका छन् । सोमबार बरादारको नाममा एउटा अडियो टेप जारी गरियो जसमा उनी यात्राका लागि बाहिर गएको बताइएको छ । उक्त अडियो टेपमा ‘यतिबेला उनी जहाँ छन्, ठिक छन्’ भनिएको छ ।

उक्त अडियो रेकर्डमा कसको आवाज छ भनेर खोजबिन गरिएको छैन । यो अडियो टेपलाई तालिबानको थुप्रै आधिकारिक वेबसाइटमा पोस्ट गरिएको छ ।

 तालिबानले सरकारभित्र कुनै विवाद नभएको र बरादर सुरक्षित भएको बताएको छ । तर हाल बरादर के गरिरहेका छन्, यो विषयमा भिन्न भिन्न कुरा सार्वजनिक भइरहेका छन् । एक प्रवक्ताले बरादर कंधार सर्वोच्च नेतालाई भेट्न गएको बताएका थिए तर पछि उनले पछि उनी थाकेका कारण हाल आराम गर्न चाहेको बताए ।

अफगानी जनताबीच तालिबानको बयानमाथि शंका गर्नुपर्ने थुप्रै कारण छन् । सन् २०१५ मा तालिबानले आफ्ना संस्थापक नेता मुल्ला उमरको मृत्युको खबर दुई वर्षभन्दा बढी समयसम्म लुकाएको राखेको स्वीकार गरेको थियो । यतिबेला तालिबानले मुल्ला उमरको नाममा बयान जारी गरिरह्यो ।

तालिबानका सर्वोच्च नेता कहाँ छन् ?

बीबीसीसँग स्रोतले दिएको जानकारी अनुसार बरादर काबुल पुगेर क्यामराको अगाडि आउन सक्छन् र कुनै पनि प्रकारको विवादको कुरालाई खारेज गर्न सक्छन् ।

तालिबानका सर्वोच्च नेता हिब्तुल्लाह अअुन्दजादाको विषयमा पनि विभिन्न प्रकारहको अड्कलबाजी छन् । उनी सार्वजनिक रुपमा कहिल्यै देखिएका नै छैनन् । उनीसँग तालिबानको राजनीतिक, सैन्य र धार्मिक मामिलाको जिम्मेवारी छ ।

यसैबीच अफगानिस्तानका कार्यकारी विदेश मन्त्रीले मंगलबार अन्तर्राष्ट्रिय दानकर्तासँग पुनः मद्दतको अपिल गरेका छन् । उनले अन्तर्राष्ट्रिय समुदारले आफ्नो मद्दतको विषयमा राजनीति गर्न नहुने बताएका छन्

 ।

संयुक्त राष्ट्रले अफगानिस्तानमा स्थिति भयानक रुपमा बिग्रने चेतावनी दिएको छ । त्यसपछि एक अर्ब डलरभन्दा बढीको मद्दतका लागि पहल सुरु गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप