शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टी–२० क्रिकेटबाट पनि मलिङ्गाको 'गुडबाई'

बुधबार, ३० भदौ २०७८, १० : ५१
बुधबार, ३० भदौ २०७८

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका सबैभन्दा सफल श्रीलङ्काका तीव्र गतिका बलर लसिथ मलिङ्गाले सन्यासको घोषणा गरेका छन् । सन् टी–२० विश्वकपका विजेता ३८ वर्षीय मलिङ्गाले रेकर्ड  १ सय ७ अन्तर्राष्ट्रिय टी–२० विकेट लिएका छन् ।

उनले सन् २०११ मा टेस्ट र २०१९ मा एकदिवसीय खेलबाट सन्यास लिएर टी–२० क्रिकेट मात्र खेल्दै आइरहेका थिए । सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले आफ्नो पूर्वसमकक्षी र आफूले प्रतिनिधित्व गरेका टोलीहरूलाई धन्यवाद दिएका छन् ।

मलिङ्गाले श्रीलङ्काका लागि अन्तिम पटक मार्च २०२० मा टी–२० क्रिकेट खेलेका थिए । आगामी अक्टोबरबाट हुने टी–२० विश्वकपको टोलीमा उनलाई समावेश गरिएन ।

सटिक योर्करका लागि चिनिने मलिङ्गाले सबै टी–२० खेलहरूमा २९५ खेलमा २३० विकेट लिएका छन् । उनीभन्दा अघि ड्वेन ब्रोभो, इमरान ताहिर र सुनिल नरेनमात्र रहेका छन् । उनले इन्डियन प्रिमियर लिगमा मात्र १७० विकेट लिएका छन् । मुम्बई इन्डियन्सबाट उनले सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधिसमेत जिते ।

सन् २००४ मा अन्तर्राष्ट्रिय डेब्यू गरेका मलिङ्गा अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलङ्काका लागि सबैभन्दा धेरै विकेट लिनेमा तेस्रो स्थानमा रहेका छन् । उनले ३३८ विकेट लिन सफल रहे । एकदिवसीय क्रिकेटमा तीनवटा ह्याट्रिक लिने उनी एक मात्र खेलाडी हुन् । उनले दुईपटक चार बलमा चार विकेट लिएका छन् । ३० टेस्ट खेल्दै उनले १०१ विकेट लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप