चन्द्रागिरिमा असोज १ देखि विद्यालय खुलाइने

person explore access_timeभदौ ३०, २०७८ chat_bubble_outline0

चन्द्रागिरि नगरपालिकाले गत वैशाख दोस्रोदेखि महामारीका कारण  बन्द रहेका विद्यालय अगामी असोज १ गतेदेखि खुलाउने भएको छ ।  नगर प्रमुखस्तरीय बैठकले जनस्वास्थ्यको  मापदण्ड कायम गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगर शिक्षा अधिकृत सुदर्शन रिजालले जानकारी दिनुभयो । पन्ध्र वडा रहेको सो नगरपालिकाभित्र निजी र सामुदायिक गरी ८० विद्यालय छन् । काठमाडौँको गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाले विद्यालय सञ्चालन गरिसकेका छन् ।

असोज पहिलो सातादेखि विद्यालय खुलाइने 

दमक ।  कोरोना महामारी कारण लामो समयदेखि बन्द रहेको दमकका विद्यालय आगामी असोजको पहिलो सातादेखि खुलाइने भएको छ । कोरोनाको जोखिम केही कम भएको जनाउँदै दमक नगरपालिकाले आफ्ना मातहतमा रहेका शैक्षिक संस्थालाई विद्यालय सञ्चालन गर्न निर्देशन दिएको शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिए ।

नगरपालिकाले विद्यालय सञ्चालनका लागि निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापकसँग सुझाव माग गरेको थियो । सोही सुझावका आधारमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
शाखा प्रमुख न्यौपानेले विद्यालय सञ्चालनसम्बन्धी कार्यविधि २०७७ अनुसार विद्यालय सञ्चालन गरिने बताए ।

कार्यविधिमा कक्षाकोठामा विद्यार्थी राख्दा अनिवार्य भौतिक दूरी कायम गराउनुपर्ने, मास्कको प्रयोग गराउनुपर्ने, विद्यालयका हरेक कक्षाकोठा अगाडि हात धुने व्यवस्था गरिनुपर्ने, भीडभाड र जम्मा हुन नदिन आलोपालो पद्धतिद्वारा पठनपाठन गराउनुपर्ने लगायतका छन् ।  

यसका लागि  नगरपालिकाले निरन्तर अनुगमन गर्ने पनि उनले बताए । जोखिमको अवस्था हेरेर विद्यालय कसरी सञ्चालन गर्ने वा बन्द गर्ने भन्नेबारेमा विद्यालय आफैँले पनि निर्णय लिन सक्ने पनि शाखा प्रमुख न्यौपानेले जानकारी दिए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।