बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्रकर्मीको समस्या समाधानका लागि प्रचण्डले पहल गर्ने

बुधबार, ३० भदौ २०७८, १३ : १८
बुधबार, ३० भदौ २०७८

लामो समयदेखि बन्द रहेको चलचित्र क्षेत्र चलायमान बनाउन चलचित्रकर्मीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अनुरोध गरेका छन् । बुधबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर चलचित्रकर्मीको एक टोलीले प्रचण्डसँग भेट गर्दै समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरेका हुन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, चलचित्र संघका महासचिव अशोक शर्मा, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतको टोलीले प्रचण्ड चलचित्रकर्मीको बिभिन्न माग सहितको ज्ञापनपत्र समेत बुझाएका छन् ।

भेटमा चलचित्र क्षेत्रको क्षतविक्षत अवस्थाको बारेमा आफुलाई पुरै जानकारी रहेको र सक्दो सहयोग गर्न आफु तयार रहेको प्रचण्डले बताएको चलचित्र संघका महासचिव अशोक शर्माले बताए । प्रचण्डले चलचित्र क्षेत्रको समस्याको बिषयमा प्रधानमन्त्री तथा मन्त्रीहरुलाई समेत जानकारी दिने आश्वासन दिएको शर्माको भनाई रहेको छ । 

चलचित्र क्षेत्रको समस्या र मागको विषयमा सरकारलाई दवाब दिने उदेश्यले चलचित्रकर्मीको टोली राजनीतिक नेताहरु भेटघाटको अभियान बुधबारबाट सुरु गरेको हो । आगामी दिनमा थुप्रै नेताहरुलाई भेटघाट गरेर समस्या राख्दै समाधानको पहलका लागि अपिल गर्ने कार्यक्रम समेत रहेको शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप