शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बत्तीसपुतलीदेखि संसद् भवनसम्म फोहोरको थुप्रो !

काठमाडौँमा फेरि उठेन फोहोर, सहर दुर्गन्धित
बुधबार, ३० भदौ २०७८, १३ : २६
बुधबार, ३० भदौ २०७८

महानगरपालिकाको कमजोर व्यवस्थापनका कारण काठमाडौँ उपत्यकामा फेरि फोहोरको डङ्गुर थुप्रिएको छ । गत साउनमा डम्पिङ साइटसम्म जाने बाटो खराब भएका कारण केही सातासम्म फोहोर उठ्न सकेको थिएन । भदौमा केही दिन फोहोर उठाइए पनि पुनः अवरुद्ध भएको छ । सडकमा जथाभावी थुपारिएको फोहोर नउठेका कारण सहरमा दुर्गन्ध फैलिएको छ ।

 अहिले फेरि वर्षाका कारण बाटोको अवरोधले गर्दा काठमाडौँको फोहोर पूर्णरुपमा उठाउन नसकेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।  राजधानीको फोहोर डम्पिङ गर्दै आएको नुवाकोटको ओखरपौवा सिसडोल ल्याण्डफिल्ड साइट फोहोरले भरिएको र पानीका कारण बाटो भासिएकाले ढुवानीमा अवरोध आएको उपमेयर हरिप्रभा खड्गीले बताइन् ।

दैनिक १५० वटा महानगरको आफ्नै कन्टेनरका साथै निजी क्षेत्रको ढुवानीबाट समेत फोहोर व्यवस्थापन हुँदै आएकोमा बाटो तथा ल्याण्ड फिल्डकै कारण बारम्बार अवरोध आइरहेको खड्गीको भनाइ छ ।

उपमेयर खड्गीका अनुसार २ वर्षका लागि भनेर लिइएको ल्याण्ड फिल्ड साइड १५ वर्ष पुरा भइसक्दा समेत विकल्प नखोजिनुको परिणाम अहिले महानगरले भोगिरहेको छ ।

यद्यपि, बाटोको अवरोधका कारण फोहोर ढुवानीमा केही समस्या आए पनि निरन्तर राजधानीको फोहोर उठिरहेको र घाम लागेपछि सबै फोहोर उठ्ने महानगरका प्रवक्ता ईश्वरमान डंगोलले रातोपाटीलाई बताए ।

बत्तीसपुतली, पुरानो बानेश्वरदेखि नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिसम्मको सडकमा देखिएको फोहोरको दृश्य–

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप