मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा ६ वर्षसम्म बनेन स्वास्थ्य चौकी

बुधबार, ३० भदौ २०७८, १३ : २९
बुधबार, ३० भदौ २०७८

जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५ स्थित मुझुङ स्वास्थ्य चौकी भवन ६ वर्षसम्म सम्पन्न हुन सकेको छैन । रु ५१ लाख लगानीमा विसं २०७२ मा निर्माण सुरुआत गरिएको सो भवन निर्माणको जिम्मा डीवी कन्स्ट्रक्सनले लिएको थियो ।  क्रमागत बजेटमा काम थालेको र पहिलो वर्ष काम भए पनि दोस्रो वर्षदेखि हालसम्म काम रोकिएको स्थानीय बासिन्दा पदम सोमैले जानकारी दिए ।

६ वर्षका अवधिमा स्वास्थ्य चौकी निर्माणाधीन क्षेत्रमा घाँसको झाडी मात्र छ । तत्कालीन शान्ति मन्त्रालयको बजेटमार्फत सञ्चालित आयोजना कुन मन्त्रालयले काम गर्ने भन्ने अझै टुङ्गो नहुँदा अधिकांश योजना अलपत्र अवस्थामा छन् । एक करोड ४० लाख बजेट विनियोजन गरी सो स्वास्थ्य संस्थाको पुनः निर्माण सम्पन्न गर्न बोलपत्र आह्वान प्रक्रिया भइसकेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप