शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : बागमती प्रदेश सभापतिमा ७ जनाको दाबेदारी

बुधबार, ३० भदौ २०७८, १४ : ५०
बुधबार, ३० भदौ २०७८

 नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा संरचनात्मक नेतृत्वको रस्साकस्सी चलिरहेको छ । ५७ जिल्लामा वडा नेतृत्व चयन भइसकेको छ भने २० जिल्लामा असोज ५ गते अधिवेशन हुँदै छ ।

तल्लो तहबाट अधिवेशन सुरु भएसँगै माथिल्लो तहमा पनि नेतृत्व हत्याउन नेताहरुले आन्तरिक रणनीति बुनिरहेको देखिन्छ । केन्द्रीय पदाधिकारीपछि नेताहरुको नजर प्रदेश सभापतिमा परेको छ ।

त्यसका लागि केन्द्रीय सदस्य र एक कार्यकाल भन्दा बढी जिल्ला सभापति भएका नेताहरुले दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

काँग्रेसको विधान अनुसार लगातार तेस्रो कार्यकाल सभापतिमा उम्मेदवारी दिन नमिल्ने भएपछि जिल्ला राजनीतिबाट रिङआउट भएका नेताहरु प्रदेश अध्यक्ष ताकिराखेको अवस्था छ ।

मुलुक संघीय संरचनामा गएसँगै काँग्रेसले पहिलो पटक प्रदेश समिति निर्माण गर्न लागेको हो ।

संघीय संरचना अनुसार स्थानीय तहमा पार्टी समायोजन गरेको काँग्रेसले प्रदेश कमिटी भने १४ औं महाधिवेशनका क्रममा बनाउन लागेको हो । 

१४ औं महाधिवेशन थपिन लागेको नयाँ संरचना केन्द्रमा स्थापित नेताहरुको रुची नदेखि पनि जिल्ला तहका नेताहरुमा भने नेतृत्वका लागि होडबाजी देखिएको छ ।

अहिलेसम्म सात वटै प्रदेश सभापतिमा जिल्लाको राजनीतिबाट रिङआउट हुन लागेका नेता नेताहरुको सशक्त दाबेदारी देखिएको छ ।

आगामी कात्तिक १० गतेदेखि १२ गतेसम्म हुने प्रदेश अधिवेशनको रौनक बढिसकेको छ । संघीय राजधानी समेत रहेको बागमती प्रदेशको पार्टी अध्यक्षमा एक जना केन्द्रीय सदस्य र ६ जना जिल्ला सभापतिले दाबेदारी प्रस्तुत गरेको अवस्था छ । काँग्रेसमा विद्यमान तीन वटा गुटबाट ७ जनाले सभापतिमा दाबी गरेको पाइन्छ ।

सभापति शेरबहादुर देउवा पक्षबाट केन्द्रीय सदस्य मोहन बस्नेतले बागमती प्रदेश अध्यक्षमा इच्छा जाहेर गरेका छन् । 

यस्तै देउवा समूहबाटै मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ र भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले प्रदेश सभापतिमा आकांक्षा राखेका छन् ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट तीन जना जिल्ला सभापतिले प्रदेश सभापतिमा दाबी गरेका छन् ।

नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसी, काभ्रे जिल्ला सभापति मधु आचार्य धादिङ जिल्ला सभापति रमेश धमला मुख्य दाबेदार देखिएका छन् ।

यस्तै कृष्णप्रसाद सिटौला समूहबाट काठमाडौं जिल्लाका पूर्व सभापति भीमसेनदास प्रधानले आकांक्षा देखाएका छन् । प्रधानले देउवा समूहको साथ पाउने आशा राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप