बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

५ दलीय गठबन्धन सरकारले देशलाई बन्धक बनाएको सुवास नेम्वाङको आरोप

बुधबार, ३० भदौ २०७८, १४ : ५९
बुधबार, ३० भदौ २०७८

नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले परमादेशबाट आएको  पाँच दलीय गठबन्धनको सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन । उनले जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्ने  भन्दै अदालतको परामेदशबाट आएको सरकारले जनताको समस्या बुझ्ने भन्दापनि देशलाई बन्धक बनाउने काम मात्र भएको बताए ।

उदयपुर जिल्ला कमिटिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जाने क्रममा आज बिहान विराटनगर विमानस्थलमा स्थानीय संचारकर्मीसँगको कुराकानीमा नेम्वाङले भने, ‘देश अहिले परमादेशबाट आएको सरकारको बन्धक बनेको छ । यो जनताको समस्या बुझ्ने सरकार होइन्। त्यसैले यो सरकारले जनताको समस्या सम्बोधन गर्न कदाचित् सक्दैन।’

उनले अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २५ भदौमा संसदमा टेबल गरेको भएपनि पार्टी फुटाउनका लागि संसदनै रोकेर राखेको पनि बताए । उनले अहिले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न सरकार लागि परेको बताए ।

अर्को एक प्रशंगमा नेता नेम्बाङले सभामुख अग्नि सापकोटा प्रतिनिधि सभामा सहभागी सबै दलको सभामुख हुन नसकेको समेत बताए ।

अदालतका कतिपय निर्णयसँग सहमत नहुँदा नहुँदै पनि सर्वोच्च अदालतप्रति आफूहरुको सम्मान रहेको उनले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप