राजीव काफ्ले रिहाइको माग गर्दै माइतीघरमा आन्दोलन

person explore access_timeभदौ ३०, २०७८ chat_bubble_outline0

अभियन्ता तथा समाजसेवी राजीव काफ्लेको रिहाइको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । काफ्लेलाई बिनाकारण पक्राउ गरी थुनामा राखेको भन्दै प्रदर्शन भएको हो । 

अभियन्ता जोशेफ मदन कोइरालाले राजीव काफ्लेको तत्काल रिहाइ, औषधीय प्रयोग गाँजा उपलब्ध गराउन आवश्यक नियमावली तत्काल लागू गर्न तथा संघिय संसदमा दर्ता भएको गाँजा खेती तथा नियमन विधेयक तुरुन्त संसदमा टेबल गर्न माग गरे । माग संबोधन नभए आगामी सातादेखि देशव्यापी अनसन र धर्ना कार्यक्रम गर्ने कोइरालाले बताए । गाँजा राखेको आरोपमा काफ्लेलाई प्रहरीले पक्राउ गरेको थियो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।