बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खोलाले बगाएर बालकको मृत्यु

बुधबार, ३० भदौ २०७८, १६ : २३
बुधबार, ३० भदौ २०७८

काभ्रेपलाञ्चोकमा रोशी खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ  । मृत्यु हुनेमा रोशी गाउँपालिका–५ का प्रकाशकुमार लामाको छोरा आठ वर्षीय अवि तामाङ रहेको छ । विद्यालयबाट घर फर्किने क्रममा मङ्गलबार रोशी गाउँपालिका–९ कालोपुलस्थित पौडी खेल्ने क्रममा सो खोलाले बगाएर उनी बेपत्ता भएको थियो ।

खोजतलासका क्रममा मङ्गलबार बेलुका सोही गाउँपालिकाको वडा नं ११ कालढुङ्गास्थित रोशी खोलाको किनारामा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । तामाङ स्थानीय विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप