पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि प्रधानमन्त्रीसँग आग्रह
बुधबार, ३० भदौ २०७८, १७ : ४९
पोर्चुगलमा रहेका नेपालीहरुले त्यहाँ नेपाली दूतावास स्थापनाका लागि सरकारसँग आग्रह गरेका छन् । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पोर्चुगलमा रहेका नेपालीहरुको एक प्रतिनिधिमण्डलले दूतावास स्थापनाका लागि पहल गर्न आग्रह गरेको हो ।
पोर्तुगल निवासी गंगा बहादुर नेम्कुलको नेतृत्वमा देउवा भेट्न पुगेको टोलीले दूतावास नहुँदा नेपालीहरुले विभिन्न सास्ती भोग्नुपरेको भन्दै अपील पत्र हस्तान्तरण गरेको थियो । अपील पत्र ग्रहण गर्दै प्रधानमन्त्रीले यसबारे आफूले बुझेर आवश्यक पहल गर्ने आश्वासन दिएको बताइएको छ ।
सो क्रममा प्रतिनिधिसभा सदस्य भीमसेन दास प्रधानलगायतको पनि उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति
-
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ