बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

असोज १० देखि महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

बुधबार, ३० भदौ २०७८, १८ : ०६
बुधबार, ३० भदौ २०७८

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि १६ गते हुने भएको छ । 

नेपाल भलिबल संघले बुधबार पत्रकार सम्मेलन गरी राखेपको कभर्ड हलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने संघले जनाएको छ । प्रतियोगिताबाट छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा शीर्ष ७ टोली र पाँच महिला टोलीले सहभागिता जनाउने संघका महासचिव जितेन्द्र बहादुर चन्दले बताए । 

संघले क्लब च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि गरेको छ । एक साता आयोजना हुने प्रतियोगिताको विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन । तेस्रोले १ लाख प्राप्त गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले जनही १० हजार पाउने छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप