शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनए युवा उपाध्यक्षमा सुदीप कार्कीको उम्मेदवारी

बुधबार, ३० भदौ २०७८, १८ : २३
बुधबार, ३० भदौ २०७८

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को दशौँ विश्व सम्मेलनमा युएईबाट सुदीप कार्कीले युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् ।

एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका कार्की एनआरएनए युएईको अध्यक्ष भइसकेका व्यक्ति हुन् भने २०१९-२०२१ कार्यकालका लागी युवा संयोजकको उम्मेदवार थिए । 

 विश्वभरि फैलिएको एनआरएनएलाई संस्थागत बिकास तथा संस्थाको मर्म र भावना अनुरुप व्यक्तित्व बिकास र युवा सहभागिताको समेत आवश्यकता रहेको भन्दै युवा पुस्तालाई नेपालप्रतिको सामिप्यता र उत्तरदायित्व बहन गर्दै अगाडी बढाउनमा जोड दिन पनि आफ्नो उम्मेदवारी रहेको उनको जिकिर छ ।
विदेशिएका ७०% भन्दा बढी युवाहरु खाडीमा रहेको र नेपालको समृद्धि र विकासमा सामुहिक लगानी र पर्यटन प्रबर्द्धन जस्ता विषयहरुमा युवा सहभागिता अनिवार्य रहेको कारण नेपाल सरकारसँग समन्वय गर्दै विभिन्न देशहरुमा नेपालीले भोग्नुपरेको समस्यालाई समाधान गर्न आफु सदैव तत्पर रहेको उनको भनाई छ ।

कार्कीले मुलुक बाहिर रहेका नेपाली युवाहरुले अझै पनि एनआरएनएलाई आत्मै देखि स्वीकार गर्न सक्ने वातावरण बनि नसकेको बताउदै संसारभर छरिएर रहेका युवा जोश जागर र उत्साहलाई आफुले समेट्न पहल गर्ने दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप