शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पेस्तोलसहित राजधानीबाट एक जना पक्राउ

बुधबार, ३० भदौ २०७८, १८ : ५६
बुधबार, ३० भदौ २०७८

सशस्त्र प्रहरीले राजधानीबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले काठमाडौंको १६ सितापाईलास्थित छाउने मार्गमा रहेको एक रेष्टुरेण्टबाट अटोमेटिक पेस्तोल र  त्यसमा लाग्ने पाँच राउण्ड गोली सहित  तारकेश्वर नगरपालिका वडा नम्वर ३ जितपुरफेदी बस्ने सोनाम तामाङ पक्राउ परेको बताए । 
पक्राउ परेका तामाङलाई अनुसन्धानका लागि सशस्त्र प्रहरीले महानगरीय प्रहरी बृत्त स्वयम्भूमा बुझाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप