शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसद्वारा काठमाडौंसहित ७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक

बुधबार, ३० भदौ २०७८, १९ : ४१
बुधबार, ३० भदौ २०७८

नेपाली काँग्रेसले सात जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको हो ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार यससँगै ६४ जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक भएको छ । काँग्रेसमा अब १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ ।

प्रदेश दुईका आठ वटै जिल्ला, बागमती प्रदेशको रसुवा, लुम्बिनी प्रदेशको बाँके, सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत र डोल्पाको क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी छ ।

महोत्तरी, पर्सा र कैलालीमा क्रियाशील सदस्यता विवाद टुंगिएपनि नामावली सार्वजनिक भएको छ ।

 २० जिल्लामा भदौ १८ मा वडा अधिवेशन नहुन नसकेपछि अधिवेशनको कार्यतालिका नै परिमार्जन गर्नुपरेको छ । यी २० जिल्लामा असोज ५ गत वडा अधिवेशन गर्ने नयाँ मिति तोकिएको छ ।

यस्तै पालिकाको अधिवेशन भदौ २७ बाट असोज ९ गते सारिएको छ । यस्तै प्रदेश निर्वाचन असोज १२ गते तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गरिनेछ । यसअघि जिल्ला अधिवेशन असोज ५ गते गर्ने तय भएको थियो ।

यसैगरी एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १० बाट असोज १८ का लागि सारिएको छ । तर, प्रदेशको अधिवेशन भने कात्तिक १० देखि १२ सम्म गरिनेछ भने मंसिर ९ देखि १३ मा महाधिवेशन गर्ने काँग्रेसको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप