शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीको भूमिकामा कमजोरी भए खबरदारी गर्नुस् : एसपी घिमिरे

बुधबार, ३० भदौ २०७८, १९ : ४९
बुधबार, ३० भदौ २०७८


 जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं एसपी विनोद घिमिरेले अपराध नियन्त्रणका साथै प्रहरीको छवि बढाउन आफूले भूमिका निर्वाह गर्ने बताएका छन् ।

जिल्ला प्रहरी प्रमुखको रुपमा रौतहटमा हालै जिम्मेवारी सम्हालेका उनले पहिलो पटक पत्रकार सम्मेलन गर्दै तस्करी तथा अपराध नियन्त्रणमा आफूले भूमिका निर्वाह गर्ने बताए । विगतमा प्रहरीको भूमिकामा प्रश्न उठेको सन्दर्भमा केन्द्रित रहेर पत्रकारले सोधेको प्रश्नमा उनले आफ्नो दायित्व र कानुनले दिएको अधिकारभित्र रहेर जिल्लामा शान्ति सुव्यवस्था तथा अपराध नियन्त्रणमा भूमिका निर्वाह गर्ने बताए ।

उनले पत्रकारहरुलाई पनि प्रहरीले गरेको काम कारवाही गलत भएमा खबरदारी गर्न आग्रह गरे ।

पत्रकार महमद मुजिबुल्लाहलाई लागुऔषध काण्डमा फसाएको आरोपमा तत्कालीन एसपी सिद्धीविक्रम शाह प्रहरी प्रधान कार्यालयमा तानिएपछि उनको स्थानमा घिमिरेले जिल्ला प्रहरी कार्यालय रौतहटको नेतृत्व सम्हालेका हुन् ।

एसपी घिमिरेसँग पत्रकारहरुले मजिबुला काण्डको अनुसन्धान, पत्रकारको सुरक्षा र घुमुवा प्रहरीको गतिविधिबारे चासो राखेका थिए । जिल्लामा हुने गरेको तस्करी, मोटरसाइकल चोरी, अवैध मदिरा उत्पादन लगायतमा प्रहरीकै मिलेमतो हुने गरेकोतर्फ पनि पत्रकारहरुले जिल्ला प्रहरी प्रमुख घिमिरेको ध्यानाकर्षण गराएका थिए ।

रौतहटमा एक वर्षको अवधिमा दुई एसपी विवादित बनेर गएको विषयमा पनि पत्रकारहरुले चर्चा गरेका थिए । जवाफमा एसपी घिमिरेले संगठनले आफूमाथि गरेको विश्वासलाई कायम राखेर जिल्लामा नयाँ इतिहास बनाउन आफ्नो भूमिका रहने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप