प्रदेश नम्बर २: एकै पटक ५ प्रदेश सचिवको सरुवा

person explore access_timeभदौ ३०, २०७८ chat_bubble_outline0
सांकेतिक तस्बिर

 

प्रदेश नम्बर २ मा विभिन्न मन्त्रालयका ५ जना सचिवको सरुवा भएको छ भने ३ जना सचिव विभिन्न मन्त्रालयमा आएका छन् । सरुवा भएसँगै प्रदेशका केही मन्त्रालय सचिवविहीन बनेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवलाई सचिवमा पदोन्नति गरि प्रदेश २ मा पठाएको हो ।

उद्योग, पर्यटन तथा वन मन्त्रालय प्रदेश २ का सचिव डा. रामचन्द्र कँडेलको सरुवा वन तथा वातावरण मन्त्रालयमा भएको छ भने सो मन्त्रालयमा भने सचिव नै पठाइएको छैन । त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयकी प्रदेश सचिव सम्झना कुमारी काफ्लेको सरुवा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा गरिएको छ भने उनको ठाउँमा कृषि तथा पशुपंक्षी मन्त्रालयबाट सहसचिव नम्रता सिंहलाई सरुवा गरिएको छ ।

खानेपानी तथा ऊर्जा मन्त्रालय प्रदेश २ का प्रदेश सचिव रामआधार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ भने सो मन्त्रालयमा सचिवमा प्रेम कुमार सिंह आएका छन् । उनी यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा थिए ।

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दाहालको सरुवा गृह मन्त्रालयमा भएको छ भने गजेन्द्र कुमार ठाकुरलाई सरुवा गरि पठाइएको छ । ठाकुर यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए ।

त्यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय प्रदेश २ का प्रदेश सचिव वीरेन्द्र कुमार यादवको सरुवा गृह मन्त्रालयमा भएको छ । सो मन्त्रालयको सचिव पद रिक्त नै छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।