समाचार

५ सय ३४ कैदीको सजाय मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस

७ जनालाई आममाफी

person explore access_timeभदौ ३०, २०७८ chat_bubble_outline0

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आममाफी र बाँकी सजाय मिनाहाको सिफारिस पठाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवसका अवसरमा ५० प्रतिशत कैद भुक्तान गरेका ५३४ जनाको कैद मिनाहा र  ७ जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सोही निर्णयअनुसार बुधबार राष्ट्रपति कार्यालयमा सिफारिस पत्र पठाइएको गृहमन्त्री बालकृष्ण खाणले रातोपाटीलाई जानकारी दिए ।  मुलुकी अपराध संहिता २०७४ बमोजिम अपराधको नकारात्मक सूचीमा नपरेका, ५० प्रतिशत सजाय भुक्तान गरेका, असल चालचलन भएको बाँकी सजाय मिनाहा हुने व्यवस्था छ ।

गृहमन्त्री खाणका अनुसार फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ अनुसार जन्मकैद, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, मानवताविरुद्ध अपराध, राज्यविरुद्धको अपराध, तेजाव अपराधसम्बन्धी कसुरमा दोषी ठहर भएका व्यक्तिको सजाय माफी तथा मिनाहा गर्न मिल्दैन ।

यस बाहेकका कैदीले सजाय मिनाहाको सुविधा पाउने व्यवस्था छ । सोही अनुसार ५३४ जनाको कैद मिनाहा र  ७ जनालाई आम माफीका लागि राष्ट्रपति कहाँ सिफारिस गरिएको उनको भनाइ छ ।

गृहमन्त्री खाणका अनुसार गृहको प्रस्ताव मन्त्रिपरिषद्बाट अनुमोदन भइसकेकाले राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरे कार्यान्वयन हुनेछ । आगामी असोज ३ गते संविधान दिवसमा उनीहरुले कैद मिनाहा र आम माफी पाउने छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।