शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी कोरोना सङ्क्रमण

बुधबार, ३० भदौ २०७८, २२ : ०५
बुधबार, ३० भदौ २०७८

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ अन्तर्गत मोरङमा सबैभन्दा बढी ११३ जनामा कोरोना सङ्क्रमण भएको छ । तीमध्ये विराटनगर महानगरपालिका मात्र ६३ जना आज सङ्क्रमित भएका छन् । चौध जिल्ला रहेको प्रदेशमा सो अवधिमा झापामा १०४, सुनसरीमा ८३, धनकुटामा पाँच, इलाम र उदयपुरमा चार–चार, भोजपुरमा दुई र प्रदेश बाहिरका पाँच जना गरी कूल ४७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोही अवधिमा एक हजार हजार १८१ को पीसीआर परीक्षण गर्दा ३२० र ६९४ को एन्टिजेन परीक्षण गर्दा १५९ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

एक सय ३७ स्थानीय तह रहेको प्रदेशमा स्थानीय तह अनुसार ४२ वटा स्थानीय तहमा कोरोना सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा ६३, सुन्दरहरैँचा र बेलबारीमा १३–१३, लेटाङमा आठ, बूढी गङ्गामा तीन, कटहरी, रतुवामाई, केराबारी, कानेपोखरी र पथरी शनिश्चरेमा दुई-दुई, उर्लाबारी, रङ्गेली र ग्रामथानमा एक-एक, झापाको दमकमा २४, बिर्तामोडमा २१, कनकाईमा १९, बुद्धशान्तिमा सात, गौरादह र भद्रपुरमा छरछ, अर्जुनधारा, मेचीनगर र कमल गाउँपालिकामा पाँच–पाँच, हल्दिबारीमा तीन, झापा गाउँपालिकामा दुई, शिवसताक्षीमा एक, सुनसरीको इटहरीमा ५२, धरानमा नौ, दुहवी र रामधुनीमा छ–छ, इनरुवामा चार, बराह क्षेत्रमा तीन, गढीमा एक र स्थानीय तह नखुलेका दुई, धनकुटाको धनकुटा नगरपालिकामा चार र शहीदभूमिमा एक, इलामको चुलाचुली र माईमा एक-एक र स्थानीय तह नखुलेका दुई, उदयपुरको कटारीमा दुई, त्रियुगा र उदयपुरगढीमा एक–एक, भोजपुरको भोजपुर नगरपालिका र षडानन्दमा एकएक र प्रदेश बाहिरका पाँच जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै २४६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १३९ महिला र १०७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टमा कोरोना सङ्क्रमणबाट चार महिलासहित पाँचको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप