शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्टार खेलाडीले भरिएको पीएसजी बराबरीमा रोकियो

बिहीबार, ३१ भदौ २०७८, ०६ : ५९
बिहीबार, ३१ भदौ २०७८

च्याम्पियन्स लिगमा लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनका लागि डेब्यू गरेका छन् ।  तर, पीएसजी क्लब बुग्रसँग बराबरी खेल्न बाध्य भएको छ । मेस्सीको प्रहार एकपटक पोस्टमा लागे पनि उनले आफनो फुल डेब्यूमा खासै प्रभाव पार्न सकेनन् । 

खेलको १५ औँ किलियान एम्बाप्पेको पासमा एन्डर हरेराले पीएजसीलाई अग्रता दिलाएका थिए । तर २७ औँ मिनेटमा हान्स भान्केनले गोल गर्दै खेल बराबरी गरे ।

निकै उत्साहित ब्रुगविरुद्ध पीएजसी निकै संघर्षरत देखिएको थियो । खेलको अन्त्यतिर भने ब्रुगका खेलाडी थाक्न थालेपछि ३४ वर्षीय मेस्सीलाई केही सहज भने उनले आफ्नो टोलीलाई जीत दिलाउन सकेनन् । खेल १–१ को बराबरीमा सकियो ।

प्रतियोगितामा मेस्सीको यो १५० औँ खेल थियो । ६ पटकका बालोन डि ओर विजेता मेस्सी यो सिजन बार्सिलोना छाडेर पीएसजी आएका हुन् । फरक क्लबका लागि प्रतियोगितामा उनको यो पहिलो खेल थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप