बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लिभरपुलको उत्कृष्ट कम्ब्याक, सिटीको गोल वर्षा

बिहीबार, ३१ भदौ २०७८, ०७ : ३२
बिहीबार, ३१ भदौ २०७८

च्याम्पियन्स लिगको ग्रुप अफ डेथमा रहेको लिभरपुलले गोलले पछि परको स्थिति उल्टाउँदै पाँचको थ्रिलरमा एसी मिलानलाई पराजित गरेको छ । बुधबार भएको खेलमा लिभरपुल ३–२ गोलले विजयी बनेको हो ।

खेलको शुरुवातमा नै आत्मघाती गोलको मद्दतले लिभरपुलले अग्रता लिएको थियो । १४ औँ मिनेटमा मोहमद शलाहले पेनाल्टीबाट लिभरपुलको अग्रता दोब्बर गर्ने अवसर गुमाए  ।

त्यसपछि पहिलो हाफको अन्त्यतिर दुई मिनेटको अन्तरमा दुई गोल गर्दै मिलानले लिभरपुललाई स्तब्ध बनायो । एन्टे रेबिक र ब्राहिम डियाजले खेलको ४२ र ४४ औँ मिनेटमा गोल गरे ।

तर दोस्रो हाफको शुरुवातमा नै शलाहले बराबरी गोल फर्काए । त्यसपछि लिभरपुलले खेलमा नियन्त्रण बनाउँदै खेलको ६९ औँ मिनेटमा जोर्डन हेन्डरसनको गोलको मद्दतले अग्रता लियो । त्यसपछि कुनै गोल हुन सकेन र लिभरपुलले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो ।

उता, प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लेइपजिग विरुद्ध आधा दर्जन गोल गरेको छ । गत सिजन बुन्डेस लिगामा दोस्रो स्थानमा रहेको लेइपजिगविरुद्ध सिटीले आक्रामक खेलको उत्कृष्ट नमुना प्रस्तुत गरेको थियो ।

सिटीका लागि नाथना एके, रियाद महारेज, ज्याक ग्रिलिस, जोआ क्यानसेलो र ग्याब्रियल जिसुसले एक–एक गोल गर भने एउटा गोल आत्मघाती भएको थियो । उता, लेइपजिगका लागि क्रिस्टोफर एनकुन्कुले ह्याट्रिक गरेपछि टोलीलाई हारबाट जोगाउन सकेनन् । खेलको अन्त्यतिर लेइपजिग १० खेलाडीमा समिति बनेको थियो । अन्त्यमा सिटी ६–३ गोलले विजयी बन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप