बेलिङहामले तोडे एम्बाप्पेको कीर्तिमान

person explore access_timeभदौ ३१, २०७८ chat_bubble_outline0

 

बेलायतका युवा खेलाडी जुड बेलिङहामले च्याम्पियन्स लिगमा किलियान एम्बाप्पेले बनाएको सबैभन्दा कम उमेरमा लगातार दुई खेलमा गोल गर्ने कीर्तिमान भंग गरेका छन् । बुधबार बेसिक्टासविरुद्ध जीत हासिल गर्ने क्रममा गोल गर्दै उनले सो रेकर्ड बनाएका हुन् । 

२–१ को जीत हासिल गर्दा बेलिङहामले टोलीका लागि पहिलो गोल गरे भने अर्लिङ हालान्डका लागि दोस्रो गोलको अवसर सिर्जना गरेका थिए । पछिल्लो पटक च्याम्पियन्स लिगमा बेलिङहामले म्यान्चेस्टर सिटीविरुद्धको क्वार्टरफाइनल खेल खेलका थिए । उक्त खेलमा उनले गोल गरेका थिए ।

बेसिक्टासविरुद्ध गोल गर्दा बेलिङहाम १८ वर्ष ७८ दिनका थिए । एम्बाप्पेले सन् २०१७ को मार्चमा मोनाकोसँग यो कीर्तिमान बनाउँदा उनी १८ वर्ष ८५ दिनका थिए ।

यस्तै, बेलिङहाम च्याम्पियन्स लिगको अवे खेलमा गोल गर्ने सबैभन्दा युवा बेलायती खेलाडी पनि बनेका छन् । यसअघि यो कीर्तिमान लिभरपुलका टे«न्ट अलेक्सान्डर आर्नोल्डको नाममा रहेको थियो ।

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।