शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमबाप्पे र हाल्यान्डमध्ये को उत्कृष्ट ? हेर्नुस् तथ्याङ्कमा

बिहीबार, ३१ भदौ २०७८, ११ : ५७
बिहीबार, ३१ भदौ २०७८

 

पछिल्ला दुई दशक रोनाल्डो र मेस्सीको चर्चा धेरै भयो । अब यी दुबै स्टार खेलाडीहरु आफ्नो करियरको उत्तरार्द्धमा छन् । मेस्सी ३४ र रोनाल्डो ३६ वर्ष भइसकेका छन् । त्यसैले , कालियन एमबाप्पे तथा इर्लिङ हाल्यान्ड अबको स्टार बन्नसक्ने धेरैको अनुमान छ  ।

मेस्सी र रोनाल्डोमध्ये को सर्वोत्कृष्ट ? यसबारे धेरै चर्चा भयो । भविष्यमा, एमबाप्पे र हाल्यान्डमध्ये को सर्वोत्कृष्ट ? भनेर पनि चर्चा हुनसक्छ । 

यी दुबै युवा खेलाडीको प्रदर्शन बेजोड छ । २०२०/२१ को सिजन एमबाप्पेले पेरिस सेन्ट जर्माइनका लागि ४२ गोल गरेका थिए । यही सिजन हाल्यान्डले बोरुसिया डर्टमुन्डका लागि ४१ गोल गरे ।

दुबै खेलाडीले २०१५/१६ को सिजनदेखि व्यवसायिक फुटबल यात्रा सुरु गरेका थिए । यस सिजन एमबाप्पेले मोनाकोबाट खेलेर ४ गोल गरेका थिए । नर्वेली क्लब ब्रायन एफकेबाट खेलेका हाल्यान्डले कुनै गोल गर्न सकेनन् ।

२०१६/१७ को सिजन कालियन एमबाप्पेले २६ गोल गरे, हाल्यान्डले ४ गोल गरे ।

२०१७/१८ को सिजन एमबाप्पेले २१ र हाल्यान्डले १२ गोल गरे ।

२०१८/१९ को सिजन एमबाप्पेले ३९ र हाल्यान्डले ५ गोल गरे । २०१९/२० को सिजन एमबाप्पेले ३० र हाल्यान्डले ४४ गोल गरे । २०२०/२१ को सिजन एमबाप्पलेले ४२ र हाल्यान्डले ४१ गेल गरे । जारी सिजन एमबाप्पेले ४ र हाल्यान्डले ९ गोल गरिसकेका छ ।

अहिलेसम्म एमबाप्पेले आफ्नो व्यवसहाकि करियरमा १ सय ६६ गोल गरेका छन् । हाल्यान्डले १ सय १५ गोल गरेका छन् ।

एसिस्ट दिने मामिलामा पनि एमबाप्पे अघि छ । उनले पछिल्ला ७ सिजनमा ८० एसिस्ट गरेका छन् । हाल्यान्डले ३२ एसिस्ट गरेका छन् । एमबाप्पेले २०१९/२० सिजन सर्वाधिक १८ एसिस्ट गरेका थिए । त्यसैगरी हाल्यान्डले २०२०/२१ को सिजन १२ एसिस्ट गरेका थिए ।

अन्तर्राष्ट्रिय फुटबलको कुरा गर्दा एमबाप्पेले आफ्नो देश फ्रान्सका लागि ४९ खेल खेल्दै १७ गोल र १६ एसिस्ट गरेका छन् । यता, हाल्यान्डले १५ खेल खेल्दै १२ गोल र एक एसिस्ट गरिसकेका छन् ।

एमबाप्पेले आफ्नो करियरमा चारवटा लिग उपाधि जितिसकेका छन् । उनले मोनाकोबाट एउटा लिग उपाधि र बाँकी तीन उपाधि पेरिस सेन्ट जर्माइनबाट जिते । त्यसैगरी हाल्यान्डले दुईपटक लिग उपाधि जितेका छन् । उनले अस्ट्रियामा रेड बुल साल्जवर्गलाई दुई पटक लिग च्याम्पियन बनाएका थिए ।

यता, एमबाप्पेले फ्रान्सबाट २०१८ को विश्वकप फुटबलको उपाधि समेत जितिसकेका छन् । तर, नर्वेलाई हाल्यान्डले कुनै अन्तर्राष्ट्रिय उपाधि जिताउन सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप