शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माल्दिभ्समा अदितीका ‘हट पोज

बिहीबार, ३१ भदौ २०७८, १२ : ४३
बिहीबार, ३१ भदौ २०७८

काठमाडौंँ । अभिनेत्री अदिती बुढाथोकी पछिल्लो समय माल्दिभ्समा छन् । उनी छुट्टी मनाउन साथीहरूका साथ त्यहाँ पुगेकी हुन् । उनले माल्दिभ्सको समुद्री किनारमा विकिनी लगायत बिभिन्न पोजमा खिचेको तस्बिर सामाजिक संजालबाट सार्वजनिक गर्दै आफ्नो बारेमा जानकारी दिने गरेकी छन् ।

उनले सार्वजनिक गरेका तस्बिर निकै हट एण्ड बोल्ड रहेको छ । जसको चर्चा समेत हुन थालेको छ । 

पछिल्लो समय निषेधाज्ञा अगाडि फिल्म ‘बाबरी’को छायांँकनका लागि नेपाल आएकी उनी निषेधाज्ञाले सुटिङ रोकिए लगत्तै भारतको मुम्बई फर्किएकी थिइन् । मुम्बईकै उनले कोरोना विरुद्धको खोप समेत लगाएकी थिइन् ।

सामाजिक संजालमा सार्वजनिक गर्ने बोल्ड तस्बिरका कारण बलिउड मिडियामा समेत बेलाबेलामा छाउन सफल उनी नेपाली सेलिब्रेटीहरुमध्ये इन्स्टाग्राममा सर्वाधिक फलोअर्स भएकी अभिनेत्री हुन् ।

अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘कृ’बाट नायिकाको रुपमा नेपाली फिल्म डेब्यु गरेकी उनी मुम्बई संघर्षरत मोडल पनि हुन् । केही हिन्दी र पञ्जाबी गीतमा मोडलिङ गरेकी उनी दशैँपछि फेरि फिल्म ‘बाबरी’को छायांकनका सक्रिय रहने छिन् ।  

फिल्ममा उनको जोडी धिरज मगर रहेका छन् । यसको अलवा उनको हातमा केही नेपाली फिल्म रहेको बताइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप