बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

बिहीबार, ३१ भदौ २०७८, १४ : ४८
बिहीबार, ३१ भदौ २०७८

विपक्षी दल एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरु भएको घोषणा गर्नासाथ एमालेले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेको थियो । 

एमाले सांसद आरती पौडेलले पार्टीको केन्द्रिय कमिटीले कारवाही गरेका दुई सांसदलाई सभामुखले कारवाही नगर्दासम्म सदन चल्न नदिने आफूहरुको पुरानो माग यथावत रहेको जानकारी गराएकी थिइन् । एमालेले अवरोध जारी राखेपछि सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् । 

 एमालेले विमला वली र अजय बहादुर शाहीलाई कारवाही गर्न माग गर्दै आएको छ । नवौं अधिवेशन सुरु भएदेखि नै एमालेले प्रदेश सभा बैठक निरन्तर अवरुद्ध गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप