शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

बिहीबार, ३१ भदौ २०७८, १४ : ५१
बिहीबार, ३१ भदौ २०७८

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ ।  बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका थिए भने बिहीबार सार्वजनिक गरिएको विवरणमा ३० हजारभन्दा बढी सङ्क्रमित भएको उल्लेख छ । 

बुधबारसम्म चार दिनसम्म एक दिनमा ३० हजारभन्दा कम सङ्क्रमित भएका थिए । ती बिहीबार भने त्यो सङ्ख्या बढेर ३० हजारभन्दा बढी भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ५७० जना नयाँ सङ्क्रमित थपिएका छन् । 

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३३ लाख ४७ हजार ३२५ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा भारतको केरलामा मात्रै १७ हजार ६८१ जना नयाँ सङ्क्रमित थपिएका छन् । भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम भएको ८१ दिन भएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या तीन लाख ४२ हजार ९२३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३८ हजार ३०३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड २५ लाख ६० हजार ४७४ रहेका छन् । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप