शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोक्न खोज्दा खोज्दै उर्लिएको भेरीमा महिला हाम फालेपछि...

बिहीबार, ३१ भदौ २०७८, १६ : २५
बिहीबार, ३१ भदौ २०७८

बिहीबार बिहानदेखि कर्णालीमा वर्षा भईरहेको छ। जसले गर्दा पानीको बहाव बढ्दा भेरी नदी उर्लिएको छ । 
दिउँसो झण्डै साढे २ बजेतिरको समय । वीरेन्द्रनगरसँग जोडिएको भेरीको किनारमा आफ्ना कपडा, मोबाइल र चेक लगायतका सामान छोडेर एक महिला उर्लिएको भेरीमा हाम फाल्न पुगिन् ।

नदीको एक किनारमा शव जलाउने ठाउँ छ । त्यहाँ काम विशेषले पुगेकी कर्णाली प्रदेश सभा सदस्य पद्मा खड्काले टाढैबाट उनलाई रोक्न खोज्दा खोज्दै ती अपरिचित महिला नदीमा हाम फालेको बताइन् ।   
उनले भनिन,‘नदी किनारामा  उनका  केही कागज र कपडा छन्  । प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन। प्रहरीलाई खबर गरेका छौँ ।’ 

प्रहरीका अनुसार अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ । 

जिल्ला प्रहरी कार्यालयका  प्रहरी निरीक्षक कनक शाहीले  महिला नदीमा बेपत्ता भएको र उनी को हुन् भन्नेबारे सोधखोज भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप