शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको ३८ लाख ५१ हजारसहित २ जना पक्राउ

बिहीबार, ३१ भदौ २०७८, १८ : १४
बिहीबार, ३१ भदौ २०७८

स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  वीरगंज महानगरपालिका-६ गहवामाई बस्ने ४७ वर्षीय कन्हैया प्रसाद सोनार र बारा परवानीपुर गाउँपालिका-३ लिपनीमाल बस्ने १९ वर्षीय दिपक कुमार सर्राफलाई प्रहरीले पक्राउ गरेको छ । 

वीरगंज महनगरपालिका-६ माईस्थानस्थित कन्हैया प्रसादको केपि ज्वेलर्समा हुण्डी कारोबार हुँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त ज्वेलर्समा तलासी गर्दा उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

प्रहरीले उनीहरूको साथबाट २ थान मोबाइल, ३ वटा बिल बिजक रसिद, २६ वटा खरिद बिक्री रेकर्ड फाईल,१६ थान विभिन्न बैंकका चेकहरू र बैंकमा बुझाएको ११ लाखको भौचर समेत फेला पारी बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप