शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आन्तरिक विप्रेशणका लागि सेञ्चुरी बैंक

बिहीबार, ३१ भदौ २०७८, १८ : ४२
बिहीबार, ३१ भदौ २०७८

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले मोबाइल बैंकिङ्ग एप ‘सेञ्चुरी पे’ बाट अनलाइन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ ।

यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ्ग एपमा थप गरिएको बैंकले जनाएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक विप्रेषण सोझै मोबाइल बैंकिङ्ग एपबाट पठाउन सक्नेछन् ।

आन्तरिक रेमिट्यान्स​ रकम पठाउँदा मोबाइल बैंकिङ्ग एपमा रहेको सेञ्चुरी रेमिट मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधा मध्ये एक रोज्न सकिने बैंकले जनाएको छ ।

यसका साथै मोबाइल बैंकिङ्ग एपमा रहेको रिसिभ रेमिट्यान्स प्रयोग गरी आन्तरिक विप्रेषण कार्य गर्न सकिने पनि बैंकले जनाएको छ । 

साथै यस सुविधा अन्र्तगत ग्राहकहरुले सेञ्चुरी बैंकका शाखा कार्यालयहरु र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेन्ट मार्फत रेमिट्यान्स रकम संकलन गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप